४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सेना दिवसमा विशिष्ट अतिथिको आसन परिवर्तन

नेपाली सेनाले बिहीबार आयोजना गरेको महाशिवरात्रि तथा सेना दिवसको कार्यक्रममा विगतमा भन्दा फरक ढंगले विशिष्ट अतिथिहरूको आसन परिवर्तन गरिएको छ।

विगतका वर्षहरूमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसँगै सभामुख र राष्ट्रिय सभा अध्यक्षको आसन एउटै लहरमा हुने भए पनि यसपटक भने आसनमा परिवर्तन गरिएको छ। यस वर्षको कार्यक्रममा प्रधानन्यायाधीश र सभामुख तथा राष्ट्रिय सभा सदस्यको आसन पछाडि सारिएको छ। कतिपयले यसलाई प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्षमाथिको अपमानका रूपमा अथ्र्याएका छन्।

आयोजक नेपाली सेनाले भने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विशिष्ट अतिथिहरूको आसन परिवर्तन गरिएको जनाएको छ। सेनाले सेना दिवसको कार्यक्रममा भएको आसन परिवर्तन कोरोना महामारीको वर्तमान अवस्थालाई मध्यनजर गर्दै गरिएकाले त्यसलाई अनर्थ लगाउन नहुने जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App