१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

फाइल तस्बिर।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आफैं सर्वोच्च अदालत जाँदैछन्। सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए।  

९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीलाई ओलीले ‘बाजे वकिल' तथा बहसलाई 'तमासा’ भनेका थिए।

ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। सोहीअनुसार प्रधानमन्त्री ओली जवाफ लिएर अदालत जान लागेका हुन्।

यसअघि चार जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा गएर लिखित जवाफ पेश गरिसकेका छन्।  

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App