६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार बिरुद्ध गोरखामा जनता समाजवादीको बिरोध सभा

बुधवार गोरखा सदरमुकाममा आयोजित जनता समाजवादी पार्टीको बिरोध सभामा सहभागीहरु । तस्बिरः नरहरि सापकोटा÷नागरिक

जनता समाजवादी पार्टी नेपाल गोरखाले संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बिरुद्ध आन्दोलन गरेको छ । गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा जनता समाजवादीका नेता कार्यकर्ताले संसद पुर्नस्थापना नगरे जनताले सडकबाट आन्दोलन चर्काउने चेतावनी दिए ।  

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले संसद बिघटन योजनावद्ध ढंगले भएको बताउँदै भने ‘मुलुकमा परिवर्तन नचाहेर प्रधानमन्त्री ओलीले संसद बिघटन गरे ।’ पद र सत्तालिप्त भएर संसद बिघटन गर्नु जनता माथि कुठराघात भएको अर्का केन्द्रीय सदस्य रमेश पोखरेलले आरोप लगाए । पूर्व माओवादीहरुलाई लक्षित गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई अब फेरि जनतासँग भोट माग्ने अधिकार नहुने बताए । ‘माफी मागेर संसद पुर्नस्थापना गर्न सहयोग गर्नुहुन्छ भने आउनुहोस,’ नेकपा प्रति लक्षित गर्दै उनले भने ।  

गोरखा सदरमुकामको हरमटारी चोकमा आयोजित बिरोधसभामा ग्रामिण भेगबाट नेता कार्यकर्ता सहभागी भएका थिए । ४० वर्ष शासन गर्ने सपना देखेको नेकपा एकता ३ वर्ष पनि नटिकेको भन्दै समाजवादी पार्टीका नेताले सरकारको चर्को आलोचना गरे । समाजवादी पार्टीले निरन्तर सरकार बिरुद्ध आन्दोलन जारी राख्ने जिल्ला अध्यक्ष नारायण खत्रीले बताए । 

प्रकाशित: ८ पुस २०७७ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App