६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भिजिट भिसाबारे गगन थापाको प्रश्न : अंग्रेजी नजान्ने नागरिक हैन?

सरकारले भिजिट भिसाको प्रावधान परिवर्तन गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले आपत्ति जनाएका छन्।  

भिजिट भिसाका नाममा मानव तस्करी बढेको र विदेशमा नेपाली अलपत्र परेको भन्दै गृह मन्त्रालयले अध्यागमन कार्यविधि-२०६५ संशोधनको तयारी गरेको हो। 

जसअनुसार विभागले भिजिट भिसा लिन चाहने व्यक्तिले कम्तीमा एसएलसी उत्तीर्ण गरेको र अंग्रेजी बोल्न जान्नुपर्ने बुँदा थप गर्न लागेको छ।  

यसले नागरिकबीच भेदभाव र अपमान सिर्जना गर्ने भन्दै सांसद थापाले सामाजिक सञ्जालमार्फत विरोध गरेका हुन्। 

‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू, यो कसको र कस्तो उटपट्याङ हो,’ थापाले प्रश्न गरेका छन्। 

प्रकाशित: २७ मंसिर २०७७ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App