१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई ‘विदेशी अजेन्डा’ भन्नेहरूलाई डा.भट्टराईका ५ सुझाव

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदिलाई ‘विदेशी अजेन्डा’ भन्नेहरूलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पाँच सुझाव दिएका छन्।  

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको विरोध गर्नेहरूलाई पूर्वप्रधानमन्त्री डा.भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत ‘झटारो’ हानेका हुन्।  

डा.भट्टराईले ट्विटरमा लेखेका छन्, ‘गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ.लाई  ‘विदेशी अजेन्डा’ भन्नेहरूलाई सुझाव : १.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ, गुरूकुल मात्र जाऊ २. अस्पताल नजाऊ, धामीझाँक्री लगाऊ  ३. गाडी नचढ, पैदल मात्र हिँड ४. विदेशी मसिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिँड, ५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर ! नत्र बकवास नगर।’

प्रकाशित: २४ मंसिर २०७७ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App