१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सुशासन व्यवहारमा देखाऔँः पूर्वमन्त्री बास्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन्। पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए। “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन।” उनले भने।  

नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बास्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताए। “हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस्। ” उनले भने। यसअघि उनले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गरेका थिए।  

कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, पनौती नगरप्रमुख भीम न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलगायतले शुभकामना व्यक्त गरेका थिए। रासस

प्रकाशित: ८ मंसिर २०७७ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App