४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नक्सामा देखिएको अभूतपूर्व राष्ट्रिय एकता नागरिकताले खलबलिन थाल्योः गगन थापा (पूर्णपाठ)

नेता गगन थापा

देशको नयाँ नक्सामा देखिएको अभूतपूर्व राष्ट्रिय एकता नागरिक विधेयकका कारण फेरि विभाजन देखिन थालेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले चिन्ता व्यक्त गरेका छन्।  

बुधबार आफ्नो फेसबुकमार्फत लामो वक्तव्य जारी गर्दै नेता थापाले पछिल्ला केही दिनमा नागरिकताजस्तो पेचिलो र संवेदनशील विषयमा जसरी बहस अगाडि बढाइएको छ, त्यसको संकेत सुखद नरहेको बताएका हुन्।  

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

‘समाज फेरि ध्रुवीकृत भएको छ, एक अर्कामाथि अनर्गल आरोप प्रत्यारोपको फोहोरी शृंखला फेरि सुरु भएको छ। यसले समानताको कोणबाट सबै मुद्दालाई टुंग्याउने मौकाबाट हामी फेरि चुक्दैछौं र यो विषयलाई थप जटिल बनाइरहेका छौँ,’ उनले लेखेका छन्, ‘मुलुकको शान्ति र समृद्धिका लागि अत्यावश्यक आम सहमति र सहकार्यको वातावरण फेरि एकचोटि धमिलिनु दुःखद छ।’

नेता थापाकाे वक्तव्यको पूर्णपाठका लागि तलको पिडिएफ फाइल खोल्नुहोला।   

प्रकाशित: १० असार २०७७ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App