१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदबाटै राष्ट्रवाद कमजोर बनाइयो: बिडारी

सांसद रामनारायण बिडारीले सांसदहरूबाटै राष्ट्रवाद कमजोर हुने गरी अभिव्यक्ति दिइएको बताएका छन् । उनले आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सदनमै उफ्रीउफ्री राष्ट्रको विरुद्ध, जातीय र क्षेत्रीय पक्षमा बोलेर राष्ट्रवाद कमजोर बनाएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रवाद कमजोर पार्ने काम कसले ग¥यो ? सदनमै आएर उफ्री उफ्री राष्ट्रको विरुद्धमा, जातीय सम्प्रदाय पक्षमा र क्षेत्रीय सम्प्रदायको पक्षमा बोल्न थालेपछि राष्ट्रवाद कमजोर पार्ने काम सांसदहरुबाटै भएको हो ।’  

उनले यसरी जात, क्षेत्र विशेषको पक्षमा बोल्दा राष्ट्रवाद कमजोर हुने दाबी गरे ।

त्यस्तै, उनले सांसदहरूबाटै झुटा र मनगढन्ते कुरा बोलेर जनतामा भ्रम छरिएको दाबी गरे । उनले भने, ‘संस्कृतिमाथि प्रहार भयो ? के संस्कृति– मिथिला संस्कृति, तामाङ संस्कृति, विभिन्न प्रकारका जनजातिका संस्कृति । कहाँ प्रहार भयो, कसरी प्रहार भयो ? कसैले प्रहार ग¥यो भने हामी खप्न सक्दैनौं ।’  

सांसदले सदनमा झुटा, मनगढन्ते र बेइमानीका कुरा गरेर  जनतालाई उचालेको उनकाे भनाइ छ । उनले सांसदको भाषाप्रति टिप्पणी गर्दै भने, ‘भारतसँगको सम्बन्ध बोक्ने, चीनको झोला बोक्ने जस्ता शब्द सदनमा बोलिने भाषा हो र ? कसैले तपाईँ कुन देशको झोले हो ?  तपाईँ कतापट्टिबाट बोल्नुभो भन्यो भने के गर्ने ? त्यसकारण राष्ट्र र राष्ट्रहितका बारेमा बोल्दा संवेदनशील हुनुपर्छ  ।’

प्रकाशित: ९ असार २०७७ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App