१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘संक्रमितको उपचारमा कुनै कमी हुन दिन्न’

कोरोनाको संक्रमण उच्च भएपछि आइतबार प्रदेश सरकारका मुख्यमन्त्री लालबावु राउतले प्रदेशवासीका नाममा सम्बोधन गरेका छन् । त्यसक्रममा उनले कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचार प्रभावकारी बनाउन सरकार दिलोज्यान दिएर लागिपरेको बताएका छन् । प्रदेशका विभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशका तीन अस्पतालमा कोरोनाका संक्रमित बिरामीको उपचार भइरहेको  मुख्यमन्त्री राउतले बताए । ‘उपचारको दायरा बढाउँदै छौ । यसलाई जिल्लाजिल्लामा पुर्याउने लागेका छौं,’ उनले भने । पर्साको पोखरिया अस्पताल, सप्तरीको भारदह अस्पतात र धनुषाको डुमरिया अस्पतालको स्तोरन्नतिको काम द्रुत गतिमा भइरहेको उनले बताए ।

प्रादेशिक कोरोना अस्पताल र नारायणी अस्पतालका लागि १०÷१० थान र आठै जिल्ला अस्पतालालाई पाँच/पाँच थान भेन्टिलेटर उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको मुख्यमन्त्री राउतले बताए । प्रत्येक जिल्लामा एउटा एम्बुलेन्स र एउटा शव वाहन उपलब्ध गराउने प्रक्रियासमेत सुरु भइसकेको उनले बताए । प्रदेशका अस्पतालहरूको स्तरोन्नतिका लागि पाँच करोडदेखि २२ करोड रुपैयाँ दिएको समेत उनले बताए ।

कोरोना संक्रमणको जोखिमको सूचीमा प्रदेश २ अग्रस्थानमा छ । भारतसँगको खुला सीमा तथा सघन जनघनत्वले यो प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च छ । कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर काम गर्दै आएका चिकित्साकर्मी, डाक्टर, सुरक्षाकर्मी, सञ्चाकरकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था गरेको मुख्यमन्त्री राउतले बताए । प्रदेश २ मा आइतबारसम्म कोराना संक्रमितको संख्या एक सय २१ पुगेको छ ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App