५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

‘उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सम्म ठिक हुन्छन्’

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले यो कुरा प्रमाणित गरेको बताएका हुन्।

‘निर्वाचन परिणाम आइसक्यो। राम्रो भएको छ। अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली कांग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित भएकाे छ।’ उनले भने।

निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको उनको टिप्पणी थियो। उनले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जित हासील गर्न सफल भएको जिकिर गरे। 

उनले भने ‘हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ। अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ। कांग्रेस त्यहाँ कमजोर छैन। उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो। महागठबन्धनले जितेको छ।’  

उनले हार व्यहोरेपनि नेपाली कांग्रेसको मत कमजोर नभएको उल्लेख गरे। सम्मानजनक मत आएको उनको दाबी थियो।

‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ। दुई वटा पार्टी स्थापित भएका छन्। अहिले चटकेहरु बिस्तारै साइडमा आएका छन्। ०८४ सालसम्म चटके ठिक हुन्छन्।’ सांसद खतिवडाले भने।

प्रकाशित: १८ वैशाख २०८१ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App