१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेवि संघको नेतृत्व तोक्न माग

काठमाडौं – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले मंसिर १४ गते हुने उपनिर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न संघको केन्द्रीय नेतृत्व तत्काल तोक्न पाउ पार्टीलाई आग्रह गरेको छ। संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको संयोजनमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा पार्टी उम्मेदवार जिताउनुका साथै दुवै छिमेकी मुलुकहरू भारत र चीनले नेपालको सीमा अतिक्रमण रोक्न पनि नेतृत्व तोक्नुपर्ने धारणा राखेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाले राजीव ढुंगानाको संयोजकत्वमा संघको महाधिवेशन आयोजक समिति गठनको गृहकार्य गरिरहेका बेला संघका केही नेता तथा कार्यकताले भने ३२ वर्ष मुनीबाटै नेतृत्व दिनुपर्ने धारणा राखेका छन्। १२ औं महाधिवेशनबाट संघको नेतृत्व ३२ वर्ष मुनि हुनेगरी कांग्रेसले विधान संशोधन गरे पनि ११ औं महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशन गर्न नसकेपछि पार्टीले आयोजक समिति गठनका लागि उमेरहद लागू नहुने जिकिर गर्दै आएको छ। ‘पार्टीले नै ३२ वर्षमुनिको हदबन्दी तोकेर विधान संशोधन भएको छ,’ भट्टले भने, ‘त्यस बाहिरबाट नेतृत्व दिंदा नकारात्मक सन्देश प्रवाह हुन्छ। त्यसैले ३२ भित्रबाटै नयाँ नेतृत्व दिनुपर्छ भन्ने धेरैको मत छ।’

प्रकाशित: २६ कार्तिक २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App