१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

'राज्य संयन्त्रलाई कमजोर बनाउने षडयन्त्र'

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नी प्रसाद सापकोटाले कब्जा गरिएका सरकारी, सार्वजनिक र गुठीका जग्गा सम्बन्धी छानबिन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्। आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌को छलफलमा भाग लिँदै सांसद सापकोटाले सरकारी जग्गा कब्जा राज्य संयन्त्रलाई कमजोर बनाउने सुनियोजिक  षडयन्त्रमा आधारित रहेको समेत दाबी गरे।

उनले भने, 'बालुवाटार, खुला मञ्च, तारागाउँ, जनकपुर लगायतका ठाउँमा दसौं हजार विगाहा जमिन कब्जा भइसक्यो। जग्गा कब्जा गर्ने मात्रै होइन, यो राज्य संयन्त्रलाई कमजोर बनाउने सुनियोजित  षडयन्त्रमा आधारित छ। कानुन बनाएर उच्च स्तरीय शक्तिशाली आयोग बनाइयोस र सरकारको नाममा फिर्ता ल्याइयोस।'

उनले अब पनि भूमाफियाप्रति कठोर नहुने हो भने नियतीले आफ्नो बाटो समाउने बताए।उनले भने, 'समयले कसैलाई पर्खिदैन।'

प्रकाशित: २२ वैशाख २०७६ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App