४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक अहिले जारी छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बिहान ८ बजेदेखि सुरू भएको हो।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ। यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो। त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइएको थियो।

यस्तै आजको बैठकले स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने पनि झाले बताए।

पार्टीका आधारभूत संगठन बलियो बनाउन र संगठनात्मक प्रभावकारिताका लागि रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउन लागेको हो।

प्रकाशित: ११ भाद्र २०८१ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App