४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभापति लामिछानेलाई ढकालको चुनौतीः नैतिक धरातलमा खडा भएको पुष्टि गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टिकरणमा उल्टै प्रश्न गरेका छन्।

उनले एक पत्र लेख्नै पार्टी सभापति रवि लामिछानेलाई आफूलाई स्पष्टिकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न चुनौती दिएका छन्।

उनले पत्रमा लेखेका छन्, ‘साउन ३० गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भएकोमा मैले साउन २८ मै तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टिकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टीमा विधि विधान विपरित, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट हुन्छ। मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन। ती सबै सत्यमा आधारित छन्। तपाईंले ममाथि स्पष्टिकरण सोध्नु अघि नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ।’

उनले पार्टी सभापति लामिछानेलाई भनेका छन्, ‘यदि तपाईं नैतिक रुपले पतित हुनु भएको छैन भने सहकारी ठगी मुद्दामा तपाईंमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने, तपाईंले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिसकेको अवस्थामा तपाईंका कारण पार्टी किन बलि चढ्नुपर्ने लगायतका प्रश्नको जवाफ दिनुस्।’

यस्तो छ ढकालको पत्रः

प्रकाशित: ३१ श्रावण २०८१ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App