१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताएका छन्।

काठमाडौंमा आज आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहेका उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए।

उनले महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे।

उनले नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे।

उनले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गरे।

सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन पनि आग्रह गरे।

प्रकाशित: ६ असार २०८१ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App