उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछाने संसद्मा एकपल्ट बोल्छु भन्दा किन डराएको भन्दै कांग्रेसलाई प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै लामिछानेले संसद्मा एकपल्ट बोल्यौँ भन्दा किन डराएको भन्दै प्रश्न गरेका हुन्।
उनले भने, 'मैले संसद्मा बोल्न पाउँदा मैले लागेको आराेपमाथि बोल्थे। यसरी आरोप लाग्दा एक पल्ट बोल्न पाउँ भन्दा बोल्न पाउँदिन। बोल्ने कुराले सबै कुराको सम्बोधन गर्थ्यो होला नि। उहाँहरूले मलाई किन डराएको हो भन्नुहुन्छ। डर कसले मान्यो। उहाँहरू एकपल्ट मेरो कुरा सुन्न किन डराएको ?'
प्रकाशित: २८ वैशाख २०८१ १८:१५ शुक्रबार