७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

मुख्यमन्त्री कार्कीले नेकपा एमालेबाट एक र माओवादी केन्द्रबाट एक जना मन्त्री नियुक्ति गरेका हुन्। नेकपा एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती  मन्त्रीमा नियुक्त भएका हुन्।

मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीहरूलाई पनि शपथ ग्रहण गराएका थिए। मन्त्रीहरूलाई जिम्मेवारी भने तोकिएको छैन।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा बिहीबार नियुक्त गरेका थिए।

प्रकाशित: २७ वैशाख २०८१ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App