४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जमानत पनि जोगाउन नसकेका रास्वपाका लिम्बु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले कुल सदर मतको १० प्रतिशत पनि कटाउन नसकेपछि रास्वपाको जमानत जफ्त भएको हो।

माओवादी केन्द्र त्यागेर रास्वपा प्रवेश गरेका लिम्बुले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ५ हजार ५० मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि उम्मेदवारको जमानत जफत व्यवस्था छ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो भने ९०२ मत बदर भएको थियो।

प्रत्यक्ष तर्फका उम्मेदवार भएकाले अब उनले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनु पर्नेछ।

प्रकाशित: १८ वैशाख २०८१ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App