६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकी सरकारः खगराजकाे सरकारमा चुमान र मनाङे मन्त्री पक्का

हरिबहादुर चुमान र राजिव गुरुङ (दीपक मनाङे)

गण्डकी प्रदेशको खगराज अधिकारी सरकारमा माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का भएको छ। 

आइतबार मात्र मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो चरणमा माओवादीबाट चुमान र स्वतन्त्रका मनाङे रहेको ३ सदस्यीय मन्त्रीपरिषद गठन गर्ने तयारी गरेका छन। 

दुबैले आज विना विभागीय मन्त्रीको रुपमा सपथ खाने श्रोतले बताएको छ। यद्दपी मुख्यमन्त्री अधिकारीले सपथ लिइसकेपछि चुमान र मनाङे मन्त्री बन्नेछन।

चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन्। उनी यसअघि पृथ्वी सुब्बा गुरुङ सरकारमा आन्तरिक मामिला मन्त्री बनेका थिए। त्यस्तै, मनाङे पाचौ पटक मन्त्री बन्न लागेका हुन्। स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका उनी निवर्तमान सरकारमा पनि सहभागि थिए। 

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले दिउँसो साढे ३ बजे सपथ लिँदैछन।  

प्रकाशित: २५ चैत्र २०८० १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App