६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

केन्द्रीय समितिमा महरले भने, 'प्रतिवेदन लेखमा छलफल भएन, मेरो फरक प्रस्ताव आउछ'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता महरले प्रस्तावहरु केन्द्रीय सदस्यसँग छलफल नगरी तयार भएको बताए ।

 ‘पहिलो कुरा, पार्टीकातर्फ बाट केन्द्रिय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भनेपनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्य सँग छलफल भएन,’ उनले भने, ‘ महासमितिमा केन्द्रीय समितिका रुपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन,’ उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शमाले सांगठनिक प्रतिवेदन निर्माणका लागि समिति समेत नबनाएको उनको आरोप थियो । 

यस्तै महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा इतिहासको कुरा मात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्ने बताए । ‘नीति प्रस्तावमा इतिहास आएको छ ,’ उनी भन्छन् । पुराना कुरालाई मात्र समेटेर नयाँका बारेमा सम्बोधन नगर्ने हो भने हाम्रो राजनीतिले मेल खाँदैन । त्यसमा ध्यान जाओस् । कांग्रेसले नैतिकतामा आधारित जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ ।’ उनले आफू भ्रातृ संस्थाको अनिवार्य निर्वाचनको पक्षमा रहेको भन्दै निर्वाचनले आन्तरिक लोकन्तत्रलाई बलियो बनाउने बताए । नेता महलले महामन्त्री थापाको सांगठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउने गरी आएको प्रस्तावमा विमति राखेका छन् ।

 ‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनित गर्ने कुरा मेरो विमति छ । समाजवादी र माओवादी समेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित कमिटी बन्नुपर्छ,’ उनले भने । महाधिवेशन प्रतिनिधि निर्वाचन लडेर क्षेत्रबाट आउनुप महरको भनाइ छ । पालिका पार्टी सभापतिलाई प्रदेश कमिटीको निर्वाचनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । पार्टीमा वर्गीय र महिलाको प्रतिनिधित्व ५० प्रतिशत गर्नुपर्ने महरले बताए ।

 यस्तै उनले वर्तमान संविधानको पूर्णकायान्वयनमा पार्टीले लाग्नुपर्ने बताए । ‘संविधान हाम्रो नेतृत्वमा बनेको हो । आफैले बनाएको संविधानको स्वामित्व नलिँदा हामी अलमलिने अवस्था आउछ । इफ बट केही नभनिकन संविधानको पूर्णकार्यान्वयनमा नेपाली कांग्रेस जानुपर्छ । कांग्रेसले जन्माएको संविधानको कांग्रेसले नै रक्षा गर्नुपर्छ ।’ हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने प्रवन्ध वैधानिक रुपमा गर्नुपर्ने उनको भनाइ छ ।

 ‘अहिले विधान संशोधन नभएपनि यो व्यवस्था गर्नुपर्छ,’ उनले भने । नेपाली कांग्रेसमा अवसरको न्यायोचित वितरण ठूलो समस्या देखिएको भन्दै तीन पटक उम्मेदवार हुने व्यक्तिले मैदान छाडेर नयाँलाई अवसर दिनुपर्ने महरको भनाइ छ । ‘नयाँ मान्छेले पनि काम गरेर देखाउने अवसर दिनुपर्छ । यो गठबन्धन सीमित मान्छेका लागि भएको थियो । आगामी दिनमा चुनावअगाडि गठबन्धन नहुने गरी नेपाली कांग्रेस जानुपर्छ । बाँकी मेरा कुराहरु महासमिति बैठकमा लिखित रुपमा राख्ने नै छु,’ उनी भन्छन् ।

प्रकाशित: ४ फाल्गुन २०८० १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App