५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन: साढे १ सम्म ९५ प्रतिशत मतदान

राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान भइसकेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १ः३० बजेसम्ममा शान्तिपूर्ण र उल्लासमय वातावरणमा अधिकांश प्रदेशमा ९५ प्रतिशतभन्दा बढी मत खसिसकेको जनाए। उनले दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण भएकाले उक्त समयसम्म मतपेटिका मतदान केन्द्रमै रहने जानकारी दिए। उनले मतदान सकिएलगत्तै आजै गणना भई साँझ आठ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको बताए।

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। हाल कायम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ।  

प्रकाशित: ११ माघ २०८० ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App