१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल भन्छन्: एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका छ

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्रीमा गडबडी भएको शंका लागेको बताएका छन्। 

मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले  एनसेलको सेयर खरिद–बिक्रीमा शंका लागेको बताएका हुन्।

उनले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए। उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाए। उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइए कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौँ। अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ। यस प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले शुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो। यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो। यसमा कहीँ कतैबाट कानून विपरितका काम कारबाही भए, गरेको पाइएमा कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ।’

प्रकाशित: ३ पुस २०८० ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App