८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एनसेलबारे सांसद अमेरशकुमारको आरोपको प्रधानमन्त्री सचिवालयद्वारा खण्डन

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबी गर्दै गर्दा प्रधानमन्त्रीको सचिवालयले एनसेलसँग कुनै प्रकारको  मिलेमतो नरहेको स्पष्ट पारेको छ।  

केही दिनअघि सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना प्रधानमन्त्री र उनका परिवारको नाम एनसेल प्रकरणमा मुछेर दुष्प्रचार गरेको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको छ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एक कार्यक्रममा एनसेल प्रकरणमा प्रधानमन्त्री र उनको परिवारको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका थिए।  

‘म दावाका साथ भन्छु, यो प्रकरणमा प्रधानमन्त्री र उनको परिवारको प्रत्यक्ष संलग्नता छ,’ सिंहले भनेका छन्, ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’

यसको प्रतिक्रियामा प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको स्पष्ट पारेको छ। सचिवालयले कुनै तथ्य प्रमाणबिना यस प्रकारका झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

प्रकाशित: २४ मंसिर २०८० ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App