१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

एनसेलको शेयर खरिदबिक्री विरुद्ध अनेरास्ववियुको प्रदर्शन

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले मङ्गलवार विरोध प्रदर्शन गरेको छ। एनसेल कार्यालय अगाडि नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो।  

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लगाएका छन्।

त्यस्तै  नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो।  

अध्यक्ष समिक बडालले आफ्ना मागहरू पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने चेतावनी दिएका छन्। एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ।

प्रकाशित: १९ मंसिर २०८० ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App