५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस–माओवादी ‘हिन्दु राष्ट्र’मा सहमत भएको मिश्रको दाबी

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भित्रभित्रै ‘हिन्दु राष्ट्र’ घोषणा गर्न सहमत भएको दाबी गरेका छन्। टुइटर(एक्स)मा आज लामो अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन।  

‘खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई–तिहाई बहुमत जुटाएर ‘हिन्दु राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्,’ उनले लेखेका छन्,‘कांग्रेसबाट प्रस्ताव आउनेछ। माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ।’ नेकपा एमालेतिर लक्षित गर्दै मिश्रले आफूलाई ‘नामी अग्रगामी’ भन्नेहरूले पनि त्यसको विरोध नगर्ने उल्लेख गरेका छन्।  

प्रमुख दलहरू राजतन्त्रका पक्षमा रहेका आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डो¥याएर मध्यमार्गी सम्झौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल सम्भावना रहेको दाबी गरे।  

यद्यपी राजसंस्थाबीनाको हिन्दु राष्ट्र दीर्घकालीन हितमा नहुने मिश्रको धारणा छ। ‘लेखेर राख्नुहोला ‘राजसंस्था’ अर्थात मियोबीनाको हिन्दु राष्ट्र हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ,’ उनले लेखेका छन् । त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्ने र नेपालको दीर्घकालीन शान्ति र स्थिरता असम्भव हुने मिश्रको दाबी छ।  

‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला। हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ उनले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ।’आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई  राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका छन्।

प्रकाशित: ९ मंसिर २०८० ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App