११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने

फाइल तस्बिर

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।

आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनको कार्यादेशमा सहमति जुटेको हो।  

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले तीन दलको आइतवार बिहान बसेको बैठकमा उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउनेबारे तीन दलका अध्यक्षहरूबीच सहमति जुटेको नागरिक न्युजलाई बताए।

उनले आइतवार आयोग गठन गरेर काम सुरु गर्नेगरी सहमति जुटेको बताए।  

विदेशबाट इलेक्ट्रिक सिगरेट मा सुन राखी अवैध पैठारी गरिएको मिति २०८० साउन २ गते बे्रक–सुमा राखी अवैध पठारी गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निस्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जनक, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलन व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।  

प्रकाशित: १४ आश्विन २०८० ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App