४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेम्वाङको अन्त्येष्टि अघि शवयात्रा गरिने, यस्तो छ रुट

नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) गरिँदै छ।  

भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो।

उनको  अन्त्येष्टि अघि शवयात्रा गरिने एमालेले जनाएको छ। शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०८० १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App