७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले बताइन्।

बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन्।

सरकारले राजनीतिक परिवर्तनमा गीतसंगीतका माध्यमबाट सहयोग पुर्‍याएका स्व.जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ। बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।  

प्रकाशित: ६ भाद्र २०८० ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App