१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चोरीका सवारी दर्ता गर्ने यातायात कार्यालयका प्रमुखसहित ७ कर्मचारी निलम्बित

काठमाडौं— सरकारले यातायात व्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित ७ जना कर्मचारीलाई  विहीबार निलम्बन गरेको छ। भारतबाट चोरीपैठारी गरी ल्याइएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरेर सञ्चालन गरेको अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विहीबार निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल इन्जिनियर दीपक थापा, तीन जना नायब सुब्बा नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्टलाई निलम्बन गरेको हो। त्यसैगरी निलम्बनमा पर्ने खरिदारमा केशवदत्त बडु र श्यामराज ओझा छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भारतीय सीमा क्षेत्रबाट चोरीका गाडी भित्राएर दर्ता गर्ने  सात जना कर्मचारीलाई निलम्बित गरेको बताए।

उनका अनुसार राजश्व क्षेत्रिय कार्यालय पथलैया, भन्सार कार्यालय बारा, छोटी भन्सार कार्यालयको उजुरीको आधारमा अनुसन्धान गर्दा उक्त तथ्य खुलासा भएको हो।

‘कर्मचारीको मिलेमतोमा चोरीको गाडी दर्ता गराइएको भेट्टाएपछि विभागले निलम्बनको लागि मन्त्रालयमा सिफारिस गरेको थियो,’ महानिर्देशक भट्टराईले भने,‘मन्त्रालयले चोरीको गाडी दर्ता गर्नेलाई निलम्बन गरेको हो।’ विभागले यातायात व्यवस्था कार्यालय, महाकालीमा छिट्टै नयाँ कार्यालय प्रमुख सहित कर्मचारी पठाउने  तयारी गरेको जनाएको छ।

 

प्रकाशित: ५ श्रावण २०७४ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App