७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।

उनले नेपाललाई भूगर्भ र सतहअनुसार किावस गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए। नेपालको जमिन हल्लिरहेको भन्दै उनले कुनैपनि बेला विपद्जन्य घटनाहरु हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराए। उनले नेपालको नेतृत्वमा भौगोलिकता अनुसार विकास गर्ने सोच नभएको बताए।

उनले भने, ‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ। दिगो विकास गरेनौँ। त्यसकै परिणाम आज हामी भोग्दैछौँ। पोहोर साल हाम्रो सगरमाथा बढ्यो। यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ। हल्लिरहेको जमिन हो, कुनैपनि बेला बाढी आउन सक्छ। थोरै मात्रै केही तलमाथि प¥यो की पहिरो गइहाल्छ। हामीले यस्तो ठाउँमा कसरी विकास गर्ने भन्ने सोचाई भएन। यो परिवर्तन गर्नुपर्छ। हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ। हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ। त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन्। त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ। अरुको देखेर जहाँ पनि डोजर चलाएका छौँ। त्यसको निययन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ।’

सदस्य गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास लागू गर्नुपर्ने बताए।  

प्रकाशित: ७ असार २०८० ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App