१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक नहुने भएको छ। सम्पादनको काम नसिकएकाले अाज घोषणापत्र सार्वजनिक हुन नसकेको हो।

एमालेका प्रचारका सचिव विष्णु रिजालले घोषणापत्र सम्पादनको काम नसकिएकाले सोमबारका लागि कार्यक्रम सारेको जानकारी दिए। एमालेले सोमबार ९ बजे घोषणापत्र सार्वजनिक गर्ने उनले बताए।

एमालेको स्थायी कमिटीले स्थानीय तह चुनावी घोषणापत्रलाई स्वीकृति प्रदान गरिसकेको छ। एमालेले घोषणापत्र निर्माणका लागि उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। यसअघि एमालेले बैशाखको पहिलो साता नै घोषणापत्र सार्वजनिक गर्ने बताएको थियो।

प्रकाशित: १७ वैशाख २०७४ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App