१५ वैशाख २०८१ शनिबार
image/svg+xml
मणि दाहाल
मणि दाहाल नागरिक दैनिकमा राजनीतिक ब्युरोमा कार्यरत छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान तथा प्रविधि एवं वैदेशिक रोजगार आदि विषयमा पनि उनले लेख्छन्।

मणि दाहालका लेखहरु :

दुई सातामै नेकपाको नाम परिवर्तन

गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो। दुई दलबीच जेठ ३ गते एकीकरण भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो।

नेतृत्व महाधिवेशनले तय गर्छ : नेकपा महासचिव पाैडेल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिहीबार सम्पन्न एकतामा विष्णु पौडेलको महत्वपूर्ण भूमिका रह्यो । जसको पुरस्कार पनि उनले महासचिवको जिम्मेवारीसँग प्राप्त गरेका छन् । संगठनभित्र राम्रो पडक रहेका पौडेल अन्तर्मुखी स्वभावको नेताकारूपमा चिनिन्छन् । पौडेलसँग पार्टी एकतापछिको पार्टीको अन्तरिक राजनीतिबारे मणि दाहालले गरेको कुराकानीको सम्पादित अंशः

आधा शताब्दीपछिको मिलन

एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ।

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी अविश्वास बढ्दै जाँदा एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरूप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ।

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

नेपाल र भारतका प्रधानमन्त्रीले उच्चस्तरको सहकार्य विस्तारका लागि सहमति हुन बाँकी रहेका सबै विषय असोज मध्यसम्ममा टुंगोमा पु-याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा सहमति हुन बाँकी विषयमा भने केही उल्लेख छैन।

मार्क्सवादको नेपाल साइनो

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

निर्णायक वार्ता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ।

एकता अलमलमा

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महŒवपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो।

एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ।

चीनमा हट्दा नेपालमा पनि रहेन

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्।

उमेर हद हटाउन प्रस्ताव

एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन्।

पराजुलीका फैसलाले ६१ अर्ब गुम्यो !

प्रधान्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र  फैसलाका कारण देशले ठूलो राजस्व गुमाएको छ । त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा व्यहोरेको हो।

एकतापछिको सांगठनिक स्वरुप

पार्टी एकीकरण प्रक्रियाका क्रममा एमाले र माओवादी केन्द्रको कार्यदलले राज्य पुनर्संरचनाअनुसार आठ तहको कार्यकारी कमिटीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । कार्यदलले केन्द्रीय कमिटीदेखि प्रारम्भिक कमिटीसम्मका आठ तहको कार्यकारी र निर्वाचन क्षेत्रका आधारमा समन्वय कमिटीको खाका तयार पारेको हो ।

एमाले दुई कित्तामा विभाजित

राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर नेकपा एमाले दुई कित्तामा विभाजित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नदोहोर्‍याउने भन्ने विषयमा नेताहरुबीच निकै बेर विवाद भयो।

प्रदेश सीमा हेरफेरमा कुरा मिलेन

संविधान संशोधनका विषयवस्तुमा सत्तासीन वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब भएको छ । संविधान संशोधनलाई सत्तारोहणको सर्त बनाएको फोरमसँग वार्ता निष्कर्षमा पुग्न नसक्दा सरकारले पूर्णता पाउने अझै केही दिन लाग्ने देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्