प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपायबारे छलफल गर्ने बताएका छन्।
मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताएका हुन्।
दाहालले विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता पनि जनाए।
प्रकाशित: १६ जेष्ठ २०८० ०८:२७ मंगलबार