१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रहरी हिरासतमा पूर्वमन्त्रीः रायमाझीको रुन्चे मुस्कान, खाणको हताशा !

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्।  

रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी मात्र नभएर रायमाझी एमालेका सचिव हुन् भने खाण कांग्रेस केन्द्रीय सदस्य हुन्। नेकपा माओवादीले १० वर्ष सञ्चालन गरेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट उदाएका रायमाझी शान्तिप्रक्रियामा आइसकेपछि अर्घाखाँचीबाट लगातार सांसद निर्वाचित हुँदै आएका छन्। यसैक्रममा उनी एकपटक उपप्रधानमन्त्री र एकपटक मन्त्री भएका भइसकेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री खाण पक्राउ परेपछि मात्र एमालेले उनलाई सचिव पदबाट निलम्बन गरेको छ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्।  

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका खाण नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा आएका नेता हुन्। यसरी महत्वपूर्ण राजकीय जिम्मेवारी सम्हालेका र पार्टी राजनीतिमा पनि प्रभावशाली भूमिकामा रहेका रायमाझी र खाणको राजनीतिक भविष्य शरणार्थी प्रकरणमा मुछिएसँगै संकटमा परेको छ।  

आरोप लाग्दा असंयमित  

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेपछि रायमाझी र खाण दुवैजना असंयमित देखिएका छन्। प्रहरी अनुसन्धानमा तानिएपछि दुवैजनाको व्यवहारमा समेत अस्थिरता देखिएको छ। प्रकरणकै अनुसन्धानका क्रममा रायमाझीविरुद्ध वैशाख २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा फरार हुन पुगे। वैशाख २१ गते उनी भैरहवाबाट फरार भएका थिए। पक्राउ पुर्जी जारी भएको १२औं दिनमा उनी काठमाडौंको बुढानीकण्ठ पासीकोटबाट पक्राउ परेका छन्। अर्घाखाँचीकै नारायण पौडेलको घरमा लुकेर बसेको अवस्थामा आइतबार राति उनी पक्राउ परेका हुन्। पक्राउ पुर्जी जारी हुनासाथ फरार भएपछि रायमाझीको राजनीतिक कद निकै खस्किएको छ। प्रहरी अनुसन्धानबाट भागेकाले उनी दोषी प्रमाणित भएको भन्दै टीकाटिप्पणी भइरहेको छ।

यसरी पक्राउ परेपछि प्रहरीले रायमाझीलाई सोमबार पहिलो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुपूर्व उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगिएको थियो। जहाँ पुगेपछि उनी प्रहरी भ्यानबाट कृत्रिम हाँसोसहित उत्रिए। अगाडि फर्किएर अभिभादन गरे। उनको त्यही हासोको अहिले चर्को आलोचना भइरहेको छ। त्यसपछि काठमाडौं अदालतबाट बाहिरिँदा भने उनको मुहारमा चमक थिएन। अदालतले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  

‘खाण दाइले आफू निर्दोष रहेको बताइरहनुभएको छ। हामीसँग आफूलाई फसाउन षड्यन्त्र भएको बताउनुभयो,’हिरासतमा पुगेर भेटेका ती नेताले भने, ‘उहाँ निकै निराश पनि देखिनुभएको छ।’ खाणले आफू निर्दोष भएको बताउने गरे पनि उनले प्रकरणमा रकम लिएको प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ।

यस्तै पूर्वगृहमन्त्री खाणविरुद्ध बलियो प्रमाण फेला पारेपछि वैशाख २७ गते बिहान ‘जरुरी पुर्जी’लिएर प्रहरी पक्राउ गर्न गएको थियो। मैजुबहालस्थित भाडाको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरी पुग्दा खाणले सुरुमा पक्राउ दिन अस्वीकार गरेको स्रोत बताउँछ।

यस्तै उनको पक्राउ गर्दाको विषयमा पनि विभिन्नखाले समाचार बाहिरिएका छन्। पक्राउपछि पनि खाणले सोमबारसम्म सरकारी वकिलसमक्ष बयान दिएका छैनन्। सोमबार उनको बयान लिने कार्यक्रम थियो। प्रहरीले सरकारी वकिल कार्यालयमा पुर्याएको पनि थियो। तर बिरामी भएको भन्दै पूरा बयान दिन खाणले अस्वीकार गरे। त्यसपछि मंगलबारका लागि उनको बयान सारिएको छ। एमाले नेता रायमाझीलाई तीन दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ भने सोमबारबाटै सरकारी वकिलले बयान लिन सुरु गरेका छन्। हिरासतमा पुग्दा खाणले लगातार देखाइरहेको व्यवहारमा चरम हताशा छ। हिरासतमा उनलाई भेट्न पुगेका एक कांग्रेस नेताका अनुसार प्रकरणमा आफू निर्दोष भए पनि पक्राउ गरेर आफ्नो राजनीतिक जीवन सक्ने षड्यन्त्र भएको बताउने गरेका छन्। ‘खाण दाइले आफू निर्दोष रहेको बताइरहनुभएको छ। हामीसँग आफूलाई फसाउन षड्यन्त्र भएको बताउनुभयो,’हिरासतमा पुगेर भेटेका ती नेताले भने, ‘उहाँ निकै निराश पनि देखिनुभएको छ।’ खाणले आफू निर्दोष भएको बताउने गरे पनि उनले प्रकरणमा रकम लिएको प्रमाण फेला परेको प्रहरी स्रोतको दाबी छ।

हिरासतमा १४ जना  

शरणार्थी प्रकरणमा आरोपित भएर प्रहरी हिरासत पुग्नेको संख्या सोमबार साँझसम्म १४ पुगेको छ। पक्राउ पुर्जी जारी भएर फरार रहेका कांग्रेस नेता एवं पूर्व संविधानसभा सदस्य आङतावा शेर्पाले सोमबार साँझ प्रहरीमा आत्मसमर्पण गरेपछि हिरासतमा १४ जना पुगेका हुन्। पूर्वसभासद् शेर्पाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेर आत्मसमर्पण गरेको प्रहरी स्रोत बताउँछ। शेर्पाले शरणार्थी प्रकरणका नाइके सानु भण्डारीलाई हिरासतमै गएर भेटेपछि प्रहरीले उनलाई पनि शंकाको घेरामा राखेको छ।

यसअघि पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी, उनका छोरा सन्दीप, कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री रहँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।  

यस्तै पक्राउ पुर्जी जारी भएर फरार रहेका अझै १० जना रहेको स्रोतले बताएको छ। जसमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, हिरासतमा रहेका इन्द्रजित राईका छोरा निरज राईलगायत छन्।  

रायमाझी पक्राउबारे जानकारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई आइतबार राति पक्राउ परेको सूचना प्रहरीले सोमबार संसद् सचिवालयलाई दिएको छ। आइतबार साँझ बूढानीलकण्ठबाट रायमाझी पक्राउ परेका थिए। भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा संलग्नता भेटिएको भन्दै प्रहरीले वैशाख २० गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यतिबेला रायमाझी अर्घाखाँचीमा थिए। मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचनाको जानकारी सभामुखले सदनलाई दिनुपर्ने व्यवस्था छ। सोहीबमोजिम सभामुखले सोमबार सदनमा त्यसबारे जानकारी गराएका छन्। तीन वर्षभन्दा बढी जेल सजाय हुने फौजदारी मुद्दामा अभियोगपत्र दर्ता भई पुर्पक्षका लागि थुनामा राखे रायमाझी निलम्बनमा पर्नेछन्।

प्रकाशित: २ जेष्ठ २०८० ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App