४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन्।

आज १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै हाल प्राप्त उपलब्धिमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

‘विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए। नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु’, उनले भने।

श्रम सम्बन्धी हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको भन्दै उनले त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५  लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए।

सरकारी तहबाट निर्माण भएका ती ऐन कानुनको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ। रासस

प्रकाशित: १८ वैशाख २०८० ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App