७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुन आवश्यक छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विकास, समृद्धितर्फ ध्यान केन्द्रित हुन आवश्यक रहेको बताएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिले गति र लय समातेकाले अबको ध्यान विकास, समृद्धितर्फ ध्यान केन्द्रित हुनुपर्ने बताएकी हुन्।

'देशको राजनीतिले एउटा लय समातिसकेको छ। संविधाले मार्गदर्शन गरेबमोजिम स्वतन्त्र र समृद्ध अर्थतन्त्र, सबै निकाय संकल्प गरी आफूलाई परिचालित गर्नुपर्छ,' उनले भनिन्।

उनले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको बिषयप्रति अल्पकालिन र दिर्घकालिन समधान खोज्न जरुरी रहेको पनि बताइन्। उत्पादन क्षेत्र मजबुत बनाउँदै कमजोर आर्थिक वृद्धिदर सुधारमा काम गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: २७ माघ २०७९ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App