१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा सरकार गठनको दाबी पेश गर्न ७ दिनको समय

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गते भित्र आफ्नो दावी पेश गर्न दलहरुलाई आव्हान गरेकी छिन्। उनले आइबार साझ उक्त आव्हान गरेकी हुन।

भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएको उल्ल्ेख गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दावी पेश गर्न आव्हान गरेकी हुन।  

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञिप्त अनुसार संविधानको धारा ७६ उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस १० गते आतइबार ५ बजेभित्र दावी पेश गर्न आव्हान गरिएको छ।

प्रकाशित: ३ पुस २०७९ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App