१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधनपछि मात्रै संविधान कार्यान्वयन: सभापति देउवा

वालिङ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताएका छन्।

नेपाली कबाभ्रेस आरुखर्क गाउँ कार्यसमितिद्वारा आयोजित प्रजातन्त्र सेनानी तथा काँग्रेस स्याङ्जाका नेता मोहनीप्रसाद पौडेलको अभिनन्दन कार्यक्रममा उहाँले संविधान संशोधनका लागि प्रमुख तीन दलबीच वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने बताए।

“नेपालीको छ दशकको चाहना हामीले २०७२ असोजमा पूरा गरेका छौँ”–सभापति देउवाले भने, “संविधान कार्यान्वयन गरेर देशलाई अग्रगतितर्फ लैजानु पर्दछ।” देश सङ्क्रमणकालमा रहेको अवस्थामा आरोपप्रत्यारोप गरेर समय फाल्नुको सट्टा दलगत स्वार्थभन्दा माथि उठेर चुनौतीलाई पार लगाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।  रासस

 

प्रकाशित: २८ कार्तिक २०७३ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App