१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

मुम्बई– न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका इरफानको स्वास्थ्यलाभको कामना कलाकारदेखि दर्शकसम्म सबैले गरिरहेका छन्। 

यसैक्रममा बलिउडका बादशाह शाहरुख खानले इरफानलाई हौसला मात्र होइन सहयोग समेत गरेका छन्। परिवारसहित लण्डनमा बसिरहेका इरफानलाई शाहरुखले बस्नका लागि लण्डनमा रहेको आफ्नो घर दिएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उपचारका लागि लण्डन जानुअघि इरफानले पत्नी सुतापामार्फत फोन गर्न लगाएर शाहरुखलाई भेट्न बोलाएका थिए। मुम्बईस्थित मध आइल्याण्ड निवासमा पुगेर शाहरुखले इरफानसँग भेट गरे। 

दुई घण्टा लामो भलाकुसारीमा शाहरुखले इरफानलाई हौसला मात्र दिएनन, आफ्नो लण्डनमा रहेको घरको चावी पनि दिए। शाहरुखले यो घरलाई आफ्नै घर जस्तो सम्झिन आग्रह पनि गरे। बलिउडमा शाहरूख इरफानका नजिकका मित्र हुन्।

पछिल्लो रिपोर्टअनुसार इरफानको स्वास्थ्यमा सुधार आइरहेको छ। उनी यस वर्षको अन्तिममा भारत फर्किन सक्छन्।

प्रकाशित: ९ असार २०७५ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App