१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

योगबाट मुक्तिनाथ चिनाउँदै मोदी

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र धार्मिकस्थल मुक्तिनाथको प्रचार अभियानलाई तीव्रता दिएका छन्।

महिना दिनअघि दुई दिने नेपाल भ्रमणमा आउँदा मुस्ताङ पुगेर मुक्तिनाथको दर्शन गरेका मोदीले पछिल्लो समय आयोजित योग शिविरका तस्बिर आफ्नो ट्वीटर ह्याण्डमा शेयर गरेर मुक्तिनाथको प्रचार अभियानलाई बढावा दिएका हुन्। 

अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन)को पूर्वसन्ध्यामा मुक्तिनाथमा भारतीय दूतावासले योग शिविर आयोजना गरेको छ। योग शिविरका केही तस्बिर दूतावासले ट्वीटरमा सार्वजनिक गरेको थियो। ती तस्बिरलाई सोमबार आफ्नो ट्वीटर एकान्टमा शेयर गर्दै मोदीले ‘वण्डरफूल’ भनेका छन्। 

मोदीको शेयरबाट मुक्तिनाथको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। 

यसअघि नेपाल भ्रमणमा आउँदा मोदीले मुक्तिनाथमा विशेष पूजाआजा गरेका थिए। मोदीको भ्रमणपछि मुक्तिनाथमा पर्यटकको संख्या बढ्दै गएको स्थानीयहरु बताउँछन्।

Wonderful! https://t.co/o9TTEIgoTV

— Narendra Modi (@narendramodi) June 18, 2018

प्रकाशित: ४ असार २०७५ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App