१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गायिका भूमिकामा अालिया

मुम्बई  – आलिया भट्टका फ्यानले आलियालाई धेरै पल्ट गाएको सुनेका छन्। आलियाले ‘हम्टी शर्मा कि दुल्हनियाँ’मा गाएको ‘समझाँवा’ त सुपरहिट नै भएको थियो । यसपछि उनको आवाज ‘उड़ता पंजाब’ र  ‘बद्रीनाथ की दुल्हनिया में’ पनि सुनियो। अभिनयसँगै गायनमा पनि रुचि राख्ने आलियाले अब भने गायकी जीवन नै पर्दामा प्रस्तुत गर्ने भएकी छिन्। आलियाले ‘बरेली कि बर्फी’ निर्देशक अश्विनी अयर तिवारीले निर्देशन गर्ने फिल्ममा गायिका बन्न स्वीकार गरेकी छिन्।

‘राजी’मा जासुसको भूमिकामा देखिएका आलियाले एक्लै फिल्मलाई सय करोड क्लबको छेउछाउ पु-याएकी थिइन्। नाम तय भइनसकेको यो फिल्ममा फिल्मले गायिका बन्न चाहाने एक युवतीको यात्रालाई प्रस्तुत गर्नेछ। फिल्मलाई ‘दंगल’ निर्देशक नितेश तिवारीले निखिल मल्होत्रासँग मिलेर लेख्नेछन् । नितिश नाताले अश्विनीका पति हुन्।

ऋालियाले केही दिनअघि नै अश्विनीको फिल्म गर्ने जानकारी गराएकी थिइन्। तर फिल्मको कथाको बारेमा केही पनि बोलेकी थिइनन् । तर उनले फिल्म गायकको कथा भएसँगै फिल्म ‘लाइट हर्टेड’ हुने बताएकी थिइन्।

‘अश्विनीले मलाई एकदमै राम्रो कन्सेप्ट सुनाएकी छिन्। योे फिल्मलाई लिएर म एकदमै उत्साहित छु। यसमा सिरियस फिल्ममा भन्दा बेग्लै केही गर्न पाइने कुरामा आशावादी छु,’आलियाले भनेकी छिन्।

पछिल्लो समय आलिया रनवीर कपुरसँगको अफेयरका कारण चर्चामा छिन्। ‘ ब्रम्हास्त्र’मा सँगै काम गरेयता अफेयरको खबर बाहिरिए पनि दुवैले यो विषयमा मौनता साँध्दै आएका थिए। तर केही समययता दुवैले घुमाउरो गरी आफूहरू सम्बन्धमा रहेको स्वीकारेका छन् । अझ रनवीरको परिवारले आलियासँग कहिले डिनर त कहिले के गरेको खबरले पनि दुवैको सम्बन्ध हल्ला मात्र नरहेको पुष्टि भएको छ । आलिया हाल ‘ब्रम्हास्त्र’सँगै अभिषेक बर्मनको पिरियड फिल्म ‘कलंक’मा पनि काम गरिरहेकी छिन्।

प्रकाशित: ३ असार २०७५ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App