१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रोएसियाद्वारा नाइजेरीया पराजित, इटेबोको आत्मघाती गोल

रसिया - रसियामा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले नाइजेरीयालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै समुह डि को शिर्ष स्थानमा उक्लीएको छ। रसिया स्थित कालिनिनग्राड रङ्शालामा सम्पन्न खेलमा क्रोएसियाले खेलको ३२ औं मिनेटमा अग्रता बनाएको थियो। नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा अग्रता कायम गर्न सफल भएको थियो।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको क्रोएसियाले दोश्रो हाफमा समेत एक गोल थप्यो। खेलको ७१ औं मिनेटमा नाइजेरीयाका विलीयम ट्रस्ट इकोङ्गले क्रोएसियाका मारियो म्यानजुकीकलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टिलाई सदुपयोग गर्दै लुका मोड्रिकले गोल गर्दै अग्रता दोब्बर पारे।  

खेलको निर्धारित समय सकीन केहि मिनेट बाँकी रहँदा आक्रामक बनेको नाइजेरीया खेलमा भने फर्कन सकेन । शनिबारको हारसँगै नाइजेरीयाको अर्को चरणको यात्रा कठिन बनेको छ।

प्रकाशित: २ असार २०७५ २१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App