"

बुधवार राती दुई बजेदेखि अधिकमास सकिँदै

बुधबार, ३० जेठ २०७५, १९ : ४२ नागरिक


काठमाडौ -  जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास बुधवार राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ। जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटसम्म औँसी तिथि थियो। बेलुकी पाँच बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भई बुधवार राति औँसीको अन्त्य अर्थात् राति दुई बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

“ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ”गौतमले भने।

अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने भएन। बुधबार राति दुई बजेपछि कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीय रुपमा खुलेको गौतमले बताए।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ। तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो। १२ महिनाको एक वर्ष हुन्छ। एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन्।

कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुनपुग्छ। त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ। त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको बताउछन् वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन्। एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ। यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ। दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ। तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ। त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो। तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्य सङ्क्रान्ति पर्दैन। एउटा पनि सूर्यसङ्क्रान्ति नभएको चान्द्रमास नै अधिकमास हो। धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ। त्यस्तै कहिलेकहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्छ। त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति, परेको मासलाई क्षयमास भनिन्छ। क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पर्दछन्।

करिब एक हजार ५०० वर्ष अघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ। रासस






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलिया भट्ट र विक्की कौशल स्टारर फिल्म ‘राजी’ २ सय करोड क्लबमा प्रवेश गरेको छ। ...

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको नाटक ‘चारदाम’को मञ्चनसँगै राजधानीमा तीन दिनदेखि जारी ‘सेलो नाट्य महोत्सव २०७५’...

‘कस्मिक लभ’ मा अर्पण र दिया

‘कस्मिक लभ’ मा अर्पण र दिया

अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केलाई प्रमुख भूमिकामा अनुबन्ध गर्दै फिल्म ‘कस्मिक लभ’को घोषणा गरिएको छ। ...

कलेज एम्बेसडरका प्रतिभा

उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीबीचको सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीमा...