१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘ड्रिम गर्ल’को ‘तिम्रो माया’

काठमाडौं – प्रेमकथाको फिल्म ‘ड्रिम गर्ल’को रोमान्टिक गीत ‘तिम्रो मायामा हराउन’को भिडियो सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको गीत गतसाता राजधानीमा सार्वजनिक गरिएको हो।

आगामी असोज १९ गते रिलिज हुने फिल्मको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत छ । गम्भीर बिष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र आश्मा गिरी रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । गीत रारा ताल र थाइल्याण्डमा खिचिएको हो।

फिल्ममा आकाश र आश्मासँगै सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । फिल्ममा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घितालको लगानी छ।

फिल्म आरबी मुभीजले दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनीसँगको सहकार्य गरी निर्माण गरेको हो । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा खिचिएको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

निर्देशक आचार्यले फिल्ममा युवापुस्ताको सोच, प्रेम र समर्पणको कथा रहेको बताए । अभिनेता आकाशले फिल्म निकै राम्रो बनेको बताउदै आफूले मेहनत गर्न कुनै कसर बाँकी नराखेको  जनाए । नायिका आश्माले पहिलो फिल्ममै शीर्ष भूमिकामा अभिनय गर्न पाउदा आफूले भाग्यमानी अनुभव गरेको बताइन् । फिल्ममा राहुल राई र रामेश्वर हुमागाईको छायांकन छ ।

 

प्रकाशित: ३० जेष्ठ २०७५ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App