१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्थिति गम्भीर, सघन उपचार जारी: देवकोटा परिवार

काठमाडौं । वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रममा नपर्न देवकोटा परिवारले अपिल गरेको छ ।

शनिवार विहान विज्ञप्ति जारी गर्दै देवकोटा परिवारले भनेको छ, ' उहाँको स्वास्थ्यस्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खवरहरु सत्य नरहेको जानकारी गराइन्छ।'

डा.उपेन्द्रका भतिज बसन्त देवकोटाले भने, 'गम्भीर र असाध्ये रोगमा केही भन्न सकिन्न । तर हि इज क्वाइट वेटर नाउ।' 

कलेजोको क्यान्सरबाट पिडित देवकोटा छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए । त्यसयता उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अनेक अफवाह फैलाइएपछि डा.देवकोटालाई ह्वीलचेयरमा राखेर अस्पतालको तलसम्म ल्याएर देखाइएको छ । डा.उपेन्द्रका भतिज बसन्त देवकोटाले भने, 'गम्भीर र असाध्ये रोगमा केही भन्न सकिन्न । तर हि इज क्वाइट वेटर नाउ।' 

हेर्नुहोस् देवकोटा परिवारले जारी गरेको विज्ञप्ति।

प्रकाशित: २६ जेष्ठ २०७५ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App