१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश : अबदेखि हरेक शनिबार मन्त्रिपरिषद् बैठक

सुर्खेत– कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ। आइतबार बसेको बैठकले विदाको दिनलाई सदुपयोग गर्नका लागि शनिबार बैठक बस्ने निर्णय गरेको हो। 

बैठकले गाउँसभा र नगरसभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५ र जिल्लासभाको कार्य संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका–२०७५ स्वीकृत गरेको छ। यस्तै प्रदेश सार्वजनिक व्यवस्था तथ सञ्चालन सम्वन्धी विधेयक–२०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्वन्धी विधेयक–२०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धी विधेयक–२०७५ को मस्यौैदा तर्जुमाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। 

प्रकाशित: २० जेष्ठ २०७५ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App