"

शिबाको सांगीतिक ‘शिबा’

आइतबार, ३० बैशाख २०७५, ११ : ०७ नागरिक


काठमाडौं – गायिका शिबा लिम्बूको डेब्यु एल्बम ‘शिबा’ सार्वजनिक भएको छ । गत शुक्रबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा संगीतकार÷गायक गणेश रसिक र गीतकार डा. कृष्णहरि बरालले एल्बम सार्वजनिक गरे। 

कार्यक्रममा सदस्य सचिव रसिकले विदेशमा बसेर पनि शिबाको नेपाली गीतसंगीतप्रतिको लगावलाई सराहना गर्नुपर्ने बताए । ‘शिबाको गायनमा दम छ । उनको सांगीतिक भविष्य उज्जवल देख्छु ’ उनले भने । अर्का गीतकार डा. बरालले शिबाको गायनमा मिठास र भिन्नता भएको जनाए। 

गायिका शिबाले गायन आफ्नो सानैदेखिको रुचि भएको अहिले आएर त्यो रुचिलाई पूरा गरेको बताइन्  । गायिका शिबा लामो समयदेखि इजरायलमा बस्दै आएकी छन्।

एल्बममा ‘तिम्रो साथ’, ‘ढल्कियो’, ‘कस्तो सुन्दर’ र लिम्बू भाषाको ‘केनः हिप्ते तरेमे’ बोलका गीत छन् । गीतमा शिबा लिम्बू, निलम आङबुहाङ राई, राजनराज सिवाकोटी र यादेन शेर्माको शब्द र सुरेशकुमार, राजनराज सिवाकोटी, विक्रम राई र यादेन शेर्माको संगीत छ । शिबालाई ‘कस्तो सुन्दर’ बोल गीतमा गायक विक्रम राईले साथ दिएका छन् भने लिम्बू भाषाको गीतमा जेपी नेम्बाङले साथ दिएका छन्। 

कार्यक्रममा ‘तिम्रो साथ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा गायक रुकमान लिम्बू र गायिका स्वयंले अभिनय गरेका छन्। 

 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्। ...

सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो। ...

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...