१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

जापानमा नेपालीले चलाएको कार दुर्घटना

जापान- जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्। 

आइतबार राति करिब १२:०० बजे भएको उक्त दुर्घटनामा मानवीय क्षतिका बारेमा केही नखुलाइए पनि सवारी दुर्घटना प्रकृति हेर्दा निकै डरलाग्दो देखिएको छ।

बीच सडकमा गाडी नै उत्तानो पर्नेगरी भएको दुर्घटनालाई जापानी सञ्चार माध्यमहरूले प्रसारण प्रकाशन गरेका छन्। सापकोटा थर भएका नेपालीसहित ३ जना गाडीमा सवार थिए।

सापकोटा थरका नेपाली हालः प्रहरी नियन्त्रणमा छन्। जापानी मिडियाका अनुसार प्रहरीलाई दिएको बयानमा सापकोटाले भनेका छन्, 'मैले दुई गिलास जापानी रक्सी पिएको हुँ, बाटो झुक्किदा दुर्घटना हुनपुग्यो।'

३७ वर्षीय ती नेपालीले नियमभन्दा ३ गुणा मापसे गरेको प्रहरीले जनाएको पनि समाचारमा उल्लेख छ। जापानमा मापसे गरी सवारी साधन चलाउन नमिल्ने कानुनमा उल्लेख छ। सापकोटासँगै सवार अन्य दुईको बारेमा भने केही विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित: २५ वैशाख २०७५ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App