१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत आयोजनाको साइड कार्यालयमा फेला परेको शंकास्पद वस्तु । तस्बिर : नागरिक

लमजुङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएको छ। शनिबार बेसीसहर–डुम्रे सडक खण्डको पाउँदी, मध्यनेपाल नगरपालिकाको दुईपिप्ले र मर्स्याङ्दी गाउँपालिकाको रामबजारमा विष्फोटक पदार्थ भेटिएको हो। 

सुन्दरबजार नगरपालिका ७ पाउँदीबजारमा रहेको जिल्ला प्रवेश गर्ने गेट नजिकै भेटिएको २ वटा सुतली बम नेपाली सेनाको तनहुँस्थित पश्चिम ३ बाहिनीबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गेटमा राखेको विस्फाेटक पदार्थ स्थानीयले बिहान साँढे ४ बजेतिर देखेपछि सुरक्षा निकायलाई खबर गरिएको थियो। प्रहरीका अनुसार भित्र तारजस्तो देखिने बस्तु रहेको र एउटा तार बाहिर निस्किएको जस्तो देखिने उक्त बस्तुलाई कालो टेपले बाँधेर फालिएको अवस्थामा भेटिएको हो। नेपाली सेनाको बम डिस्पोजल टोलीसँगको समन्वयमा जिल्लास्थित श्रीजंग गण र प्रहरीले सुरक्षित तवरले बाटोबाट पर ‘साइड’ लगाएको पनि प्रहरीले जनाएको छ। 

मध्यनेपाल नगरपालिका ४ दुईपिप्ले बजार प्रवेश गर्ने गेट नजिकै पनि विष्फोटक पदार्थजस्तै देखिने २ वटा शंकास्पद वस्तु फेला परेको हो। सडकमा एउटा रुमालले बेरेको र अर्को मोजाले बेरेको अवस्थामा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ। बिहान साँढे ७ बजेतिर मात्रै स्थानीयले सो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शंकास्पद वस्तु पनि नेपाली सेनाको वम डिस्पोजल टोलीले दिउँसो २ बजे सुरक्षित तरिकारले निष्क्रिय बनाइसकेको  भोर्लेटार प्रहरी चौकीका इञ्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले बताए। उनका अनुसार शंकास्पद वस्तु फेला परेपछि भोर्लेटार–दमौली सडकखण्डमा सवारी रोकेर डिस्पोज गरिएको थियो। 

यस्तै, भारतीय कम्पनी जीएमआरद्वारा निर्माणका लागि प्रस्तावित ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत आयोजनाको साईड कार्यालयमा बमजस्तो देखिने अवस्थामा एउटा प्रेसरकुकर फेला परेको छ। विहान १० बजेतिर देखिएको उक्त शंकास्पद वस्तु अपरान्ह साँढे ४ बजेसम्म पनि निष्क्रिय नबनाइएको आयोजनाका कर्मचारीले बताएका छन्। मर्स्याङ्दी गाउ“पालिका ४ रामबजारस्थित आयोजनाको कार्यालयमा भेटिएको प्रेसर कुकरको बिंडमा रातो कपडाले बाँधेको, सिठ्ठी लाग्ने ठाउँमा टाइमर र तारजस्तो बस्तु देखिएको कार्यालयका सामाजिक विकास कार्यक्रम संयोजक राजन गुरुङले बताए। शुक्रबार बुटवल पावर कम्पनीका कर्मचारीहरु आएर बसेको र उनीहरु बसेको कोठा नम्बर २ को ठिक पछाडी प्रेसर कुकर रहेको बताइएको छ। सो वस्तु फेला परेपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा दिएर राखेको र सेनाको बम डिस्पोजल टोलीको प्रतिक्षामा रहेको बताइएको छ। 

विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु देखिएको जानकारी आएका ठाउ“मा तत्कालै सुरक्षाकर्मी खटाइएको र निष्क्रिय पारिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए। रामबजारस्थित आयोजनाको साइड कार्यालयमा पनि बाहुनडा“डा क्षेत्रमा निर्माण भइरहेको ङ्यादी हाइड्रोपावरको सुरुङ निर्माणका लागि विष्फोटक पदार्थ पड्काउ“दै आएको नेपाली सेनाको टिमलाई  पठाइएको ढकालले बताए।

प्रकाशित: २२ वैशाख २०७५ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App