१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

दोस्रो पुस्ताको सङ्घर्ष: फरक देखिने रहर र पहिलो पुस्ता रिझाउने

पहिलो पुस्ताले मिहिनेतसाथ खडा गरिदिएको आधारभूमिमा दोस्रो पुस्ताले अहिले गोडमेल, मलजल, विस्तार गरिरहेको छ । नयाँ पुस्ता खाली विदेशमा मात्र रमायो भन्नेहरूका लागि दोस्रो पुस्ताका केही मिहिनेती उदाहरण हेर्दा लाग्छ, नेपालमा नै केही गर्ने उत्साह अझै मरिसकेको छैन ।

खासगरी पहिलो पुस्ताले मज्जाले आधारभूमि बनाएका कम्पनी तथा उद्योगलाई नयाँ पुस्ताले मज्जाले हाँकिरहेको छ । उदाहरणका लागि प्रदीपराज पाण्डेलाई हेर्दा हुन्छ । उनको औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल यतिबेला देशकै चर्चित कम्पनी मात्र छैन, त्यसलाई उनका छोराहरूले अझ व्यापक बनाउँदै बैंक, इन्सुरेन्स र पर्यटनसम्म विस्तार गर्न भ्याएका छन् । यस्तै उदाहरण कुशकुमार जोशी र उनका दुई सन्तानको सक्रियतामा देख्न सकिन्छ । बहुचर्चित सङ्गीतकार दीपक जंगमका छोरा अजर जंगमले पनि आफूलाई सङ्गीतमै पिएचडी गर्न अग्रसर भएर बुबाले जमाएको सांगीतिक घरानालाई विस्तार गर्ने पक्षमा देखिएका छन् । भुवन केसीले कमाएको प्रशंसकको भिडलाई उनका छोरा अनमोलले जितिसकेका छन् । उनी नेपाली फिल्म उद्योगकै सबैभन्दा अनमोल रत्न बनेर यतिबेला उदाएका छन् ।

यस पटकको आवरण कथामा हामीले यो चार परिवारका नयाँ पुस्ताले पुराना पुस्तासँग के सिक्यो, कसरी अघि बढ्दैछ, पहिलो पुस्ताले दोस्रो पुस्तालाई अघि बढाउन के–कस्ता उपाय लगाइरहेको छ भन्नेबारेमा खोतलखातल पारिरहेका छौँ ।
पहिलो पुस्ता आफ्नो व्यवसायलाई जारी राखोस् भन्ने चाहन्छ तर नयाँ पुस्ता आफ्नै केही पनि गर्न चाहन्छ । नयाँ केही गर्नका लागि चाहिने पुँजीका लागि न त पहिलो पुस्तासँग जाँगर छ न त बैंक नै प्रोजेक्टमाथि लगानी गर्न कुनै रुचि देखाउँछन् । त्यसैले नयाँ पुस्तालाई आफ्नै केही नयाँ गर्नका लागि प्रशस्त चुनौती छ तापनि यसलाई चिर्ने उत्साह भने देखिन्छ । मनोरञ्जन उद्योगमा उदाएका अनमोल र अजर पनि आफ्नो नाममा बाबुआमाको ट्यागबाहेक आफ्नो थप केही गरुँ भन्ने भावना देखिन्छ । उनीहरूले आफ्नै नामका लागि गरिरहेको सङ्घर्षको एउटा रोचक पाटो भने छँदैछ ।
(अनलाइन प्रकाशनमा यी चार परिवारका कथालाई ‘परिवार आवरण’ स्लग राखेर संप्रेषण गरिएको छ ।)

प्रकाशित: २६ चैत्र २०७४ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App